थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै साँझ शपथ « Khabarhub

थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै साँझ शपथ


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापालाई गृहमन्त्रीमा पुन: नियुक्त गरेका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका थापालाई प्रधानमन्त्री ओलीले पुन: नियुक्त गरेका हुन् ।

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुन: नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाको सचिवालयका अनुसार उनले आइतबार साँझ ५ बजे पुन: गृहमन्त्रीमा शपथ लिने भएका छन् । थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : २० बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८