थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै साँझ शपथ | Khabarhub Khabarhub

थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै साँझ शपथ


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापालाई गृहमन्त्रीमा पुन: नियुक्त गरेका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका थापालाई प्रधानमन्त्री ओलीले पुन: नियुक्त गरेका हुन् ।

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुन: नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाको सचिवालयका अनुसार उनले आइतबार साँझ ५ बजे पुन: गृहमन्त्रीमा शपथ लिने भएका छन् । थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : २० बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा