बजारदेखि गाउँगाउँसम्म योग « Khabarhub

बजारदेखि गाउँगाउँसम्म योग


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास शुरु गरेपछि योग सिक्नका लागि म्याग्देलीहरुको आकर्षण बढ्दै गएको हो ।

सदरमुकाम बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि यहाँ योग गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताए । अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको उनले जानकारी दिए ।

अहिले म्याग्दीमा विभिन्न १० स्थानमा नवीन आनन्द योग केन्द्रले योग केन्द्र सञ्चालन गरेर योगा सिकाइरहेको छ । सदरमुकाम बेनी बजारमा दैनिक १०७, पश्चिम म्याग्दीको दरबाङमा ५०, बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा ४०, रघुगङ्गा गाउँपालिका-१ बेगमा ४०, रघुगङ्गा गापाकै तिप्ल्याङमा ३०, अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा २५, गलेश्वरमा ४० र बेनी नगरपालिका-२ खबरामा २५ जनाले दैनिकरूपमा योगा सिकिरहेका छन् ।

त्यसैगरी मालिका गाउँपालिका-७ बिम र बेनी नगरपालिका-७ मङ्गलाघाटमा पनि अस्थायीरूपमा योग केन्द्र सञ्चालन भएका केन्द्रका अध्यक्ष जुग्जालीले बताए ।

योगमार्फत शरीरमा स्फुर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउनेहरुको भनाइ छ । नियमित योगा गर्दै आएकी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको, तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताए ।

त्यसैगरी योग स्वास्थ्यका लागि मात्र नभएर आचारविचार, सोच र सकारात्मक दृष्टिकोणका लागि पनि अत्यन्तै उपयोगी भएकाले आफू नियमितरूपमा योगासन गर्न आउने गरेको बेनी बजारका व्यवसायी विजयकुमार श्रेष्ठले बताए । आधारभूत ज्ञान तीन महिना, विशिष्टीकृत ज्ञान छ महिना र प्रशिक्षक तालिम दुई वर्षको हुने र मासिकरूपमा रु एक हजार शुल्क लिने गरिएको योग प्रशिक्षक एवं केन्द्रका अध्यक्ष जुग्जालीले जानकारी दिए ।

ध्यानसहितको योगले तनावपूर्ण परिस्थिति र खराब स्वास्थ्यसँग जुधिरहेका सबै उमेर समूहका महिला तथा पुरुषको जीवनशैलीमा परिवर्तन ल्याएको योगीहरुको भनाइ छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : ०१ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान