शिक्षकलाई कोरोना देखिएपछि रत्नराज्य मावि बन्द « Khabarhub

शिक्षकलाई कोरोना देखिएपछि रत्नराज्य मावि बन्द


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय बन्द भएको छ । संक्रमण फैलिन नदिन एक साता विद्यालय बन्द गरिएको हो ।

विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड पढाएर एक हप्ताको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामाशिष यादवले बताए ।

उनले भने, ‘एक जना शिक्षकमा कोरोना देखिएको छ । एक जनामा कोरोना देखिएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनको सल्लाहमा विद्यालय बन्द गर्ने निर्णय गर्‍यौँ । अरु शिक्षकको पनि पीसीआर गर्न पठाएका छौँ ।’

काठमाडौँ महानगरपालिकाले पनि वैशाख ३ गते सूचना जारी गरी कोरोना संक्रमण देखिएका विद्यालय कम्तिमा एक साताको लागि बन्द गर्न आग्रह गरेको थियो ।

महानगरले संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्य मापदण्डका नियम कडाईका साथ पालना गरी पठनपाठन गर्न भनेको छ ।

यसअघि प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यामिक विद्यालय, नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालय र चावहिलमा रहेको मित्र आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका तीन जिल्लासहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लाको सूचिमा राखेको छ ।

शनिबार मात्रै विद्यालय उमेर समूहका ८९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसमा ९ वर्ष मुनिका संक्रमित हुने बालबालिको संख्या १७ र १० वर्ष माथि तर १९ वर्षभन्दा कम उमेरका ७२ जना बालबालिकमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ३ : ४० बजे

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई