विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न माग « Khabarhub

विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न माग


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगर क्षेत्रका क्रियाशील शिक्षकहरुको पेसागत संघ संगठनले विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न ध्यानाकर्षण गराएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै जेठको पहिलो हप्ता सञ्चालन गर्ने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखकको दोस्रो साताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकालाई ध्यानार्कषण गराएका हुन् ।

विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिनका विद्यालय तहको परीक्षा आगामी दोस्रो सातबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि तत्काल विद्यालयहरुलाई निर्देशन गर्नुपर्ने उनीहरुले माग राखेका हुन् ।

समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने र नतिजा प्रकाशन पश्चात संक्रमणको अवस्था विद्यमान रहिरहे वैकल्पिक विधिबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालनका लागि विद्यालयलाइ निर्देशन गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीहरूलाई सहज तवरबाट इन्टरनेटको सुविधा प्राप्त गर्नका लागि प्रबन्ध मिलाई दिन पनि संगठनले अपिल गरेको छ ।

उनीहरुले विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीको दोस्रो लहर युके भेरियन्ट पछिल्लो समय नेपालमा पनि तीव्र फैलिरहेको हुँदा विषम परिस्थितिमा राज्यका जिम्मेवार निकायहरू संवेदनशील नदेखिनु विडम्बनापूर्ण अवस्था रहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक-पटक विज्ञप्ति जारी गरिरहेको छ भने जनस्वास्थ्य विज्ञहरू विद्यालयमा अध्ययनरत बालबालिकाहरू उच्च जोखिममा रहेको कुरा बताइरहेका छन् तथापि यसतर्फ कसैको ध्यान जान सकिरहेको अवस्था नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ०४ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको