नेपालमा एकैदिन १०९६ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै ४३५ थपिए | Khabarhub Khabarhub

नेपालमा एकैदिन १०९६ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै ४३५ थपिए


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १०१५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।

यसैगरी २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ । निको हुनेको दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५० बजे

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका

आम्दानीको स्रोत ‘अकबरे’ खुर्सानी

भोजपुर- अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ ।

कप्तानको शतकसँगै भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको