पातारासी गाउँपालिकाले शिशु जन्मिने बित्तिकै रु तीन हजार दिने | Khabarhub Khabarhub

पातारासी गाउँपालिकाले शिशु जन्मिने बित्तिकै रु तीन हजार दिने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा – जुम्लाको पातारासी गाउँपालिकामा नवजात शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरिएको छ । जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन् ।

उनले भनिन्, “पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने बित्तिकै उपलब्ध हुने रकमले पोषिलो खानेकुरा खुवाउने छन् ।”

छोराको न्वारन गर्ने, छोरी जन्मँदा नगर्ने, छोरीलाई सरकारी स्कूलमा पढाउने, छोरालाई महँगा निजी स्कूलमा पढाउने विभेद कायमै रहेको उनको भनाइ थियो । गाउँपालिकाले छोराछोरीको विभेद हटाउन शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको उपाध्यक्ष महताराले बताइन् ।

अभिभावकलाई बालबालिकाप्रति लगानी गर्ने इच्छा जागोस् भन्ने हेतुले गाउँपालिकाले यो अवधारणा ल्याएको बताइएको छ । घरपरिवारले अनिवार्य रुपमा रु तीन हजार थपेर बैंकमा खाता खोल्नुपर्ने गरिएको गाउँपालिकाले जनाएको हो । अब जन्मिने बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणासमेत निजकै खाता जम्मा गर्नुपर्ने नियमसमेत बनाएको छ । गाउँपालिकाले बालबालिकाका लागि कोष खडा गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ४६ बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको