पिठ्युँ दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि « Khabarhub

पिठ्युँ दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वायु प्रकोप, पेटका गडबड, अजिंण, धेरै परिश्रम, तनाव, मानसिक पीडा, स्नायु दुर्बलता, मस्तिष्कमा रगतको कमिको कारण, चोटपटकको कारण आदिले विभिन्न दुखाई उत्पन्न हुन जान्छ ।

दुखाई अन्तर्गत विभिन्न रोगहरु मध्ये टाउको दुखाई, कम्मर दुखाई, गोलीगाँठा जोर्नी दुख्नु, हड्डीको दुखाई आदि पर्दछ भने पिठ्यूँको दुखाई पनि एक ठूलै समस्याको रहेको मानिन्छ ।

घरेलु उपचार

— सरस्यूँको तेलमा सौँफ हाली तताएर मालिस गर्नाले पिठ्यूँ दुख्ने छाड्छ ।

—     धतुरोको पातको रस २०० ग्राम, अडरको पातको रस २०० ग्रामलाई तिलको तेलमा मिसाई तताई पिठ्युँमा मालिस गर्नाले पिठ्यूँ दुख्न छाड्छ ।

—     हप्तामा दुईदिन मेथीको साग खानु पिठ्यूँ दुख्ने बिरामीहरुका लागि निकै राम्रो हुन्छ ।

—     गहुँको रोटीलाई एक भाग पकाउनुहोस् र एक भाग काँचै राख्नुहोस् । उक्त काँचो भागको तिलको तेल लगाई पिठ्यूँ मालिस गर्नाले निकै फाइदा पुग्दछ ।

—     जाइफललाई हल्का पानी मिलाई पिस्नुहोस् र तिलको तेल तताई चिसो बनाई पिठ्यूँमा लगाउनाले पिठ्यूँ दुख्न छाड्छ ।

—     एक चम्चा अदुवाको रसमा आधा चम्चा घ्यू पिठ्युँमा मालिस गर्नु लाभदायक हुन्छ ।

—     रायोको तेल, ल्वाङको तेल र तिलको तेल समान मात्रामा मिलाई पिठ्यूँमा मालिस गर्नाले पिठ्यूँ दुख्न छाड्छ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : १५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका