ओलीले गरेका निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो नेपाल समूह | Khabarhub Khabarhub

ओलीले गरेका निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो नेपाल समूह


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयविरुद्ध निर्वाचन आयोग पुगेको छ ।

अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै यसअघि पनि आयोग पुगेको नेपाल समूह पार्टी विवादलाई लिएर दोस्रोपटक आयोग पुगेको हो ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले ब्युँताएपछि अध्यक्ष ओलीले सर्वोच्चको फैसलाविपरित पार्टीमा निर्णयहरु गराएको भन्दै नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।

आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका हुन् । निर्वाचन आयोग पुगेका नेता भुसालले भने ‘सर्वोच्चले नेकपालाई भंग गर्दै एमाले ब्युँताएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु सर्वोच्चको फैसला विपरित, निर्वाचन कानुन विपरित र संविधान विपरित रहेकाले ती निर्णयहरु बदरको भागी भएको भन्दै हामी निर्वाचन आयोग पुगेका हौं ।’

उनले सर्वोच्चको फैसला र कानुन विपरित अध्यक्ष ओलीले गरेका निर्णयले पार्टीमा गम्भीर विवाद उत्पन्न भएको भन्दै विवाद निरुपणको मागसहित निर्वाचन आयोगमा निवेदन दिइएको बताए । निर्वाचन आयोगले सो समूहको निवेदनलाई १२०८ दर्ता नम्बरमा दर्ता गरेको छ ।

एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले बालुवाटारमा फागुन २८ मा राखेको विशेष बैठकले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद तथा जिम्मेवारी खोस्ने निर्णय गरेका थिए । सो निर्णयलाई माधव नेपाल समूहले अवैध भन्दै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ३० बजे

बाइक र स्कुटर चलाउने क्रममा कुकुरले किन लखेट्छन् ?

काठमाडौं– कुकुरलाई धेरै वफादार र मानव-अनुकूल जनावरका रुपमा  मानिन्छ ।

अर्थसंक्षेप : शेयर बजारमा उछाल, एकैदिन साढे पाँच सय हवाई उडान

काठमाडौं- मंगलबार शेयर बजारमा उछाल आएको छ । बर्दघाट–सर्दी १३२ केभी

सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

बाग्लुङ- इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा प्रक्राउ

देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बागलुङ– जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका

बिहारमा पुगेपछि फुट्यो कोशी, कयौँ भारतीय गाउँ जलमग्न

काठमाडौं- कीर्तिमानी पानीको बहाव बोकिरहेको कोशी नदी भारतको बिहारमा पुगेपछि