एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नयाँ जिल्ला इञ्चार्ज तोक्ने ओलीको तयारी | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नयाँ जिल्ला इञ्चार्ज तोक्ने ओलीको तयारी

खनाल-नेपाल समूह नजाने


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ  ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई डाकिएको छ ।

बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र कर्णाली प्रदेशमा पार्टी ह्विप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार टिकाउने भूमिका खेलेका खनाल-नेपाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने तयारी छ ।

ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए ।

बुढा, शाही र थापालाई यसअघि नै प्रदेश कमिटीले पार्टी सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । तर उनीहरूलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाइसकेका छन् ।

आजको बैठकमा जिल्लामा नयाँ इञ्चार्जहरू तोक्ने तयारीसमेत ओलीले गर्नेछन् । पार्टीको सांगठनिक प्रतिवेदनमा नेताहरूको कार्यविभाजन के कस्तो रहने भन्ने उल्लेख भएर आएबमोजिम जिम्मेवारी बाँडफाँड हुने उनले बताए ।

खनाल-नेपाल पक्ष नजाने

खनाल-नेपाल पक्षले भने आजको केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गर्ने भएको छ ।

फागुन २८ मा एकलौटी बैठक राखेर ओलीले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा पदाधिकारीको जिम्मेवारी खोसेको भन्दै असन्तुष्ट सो समूह बैठकमा नजाने भएको हो ।

नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न ओलीलाई आग्रह गरेका छन् ।

आइतबार एक अपिल सार्वजनिक गर्दै बोहराले आजका लागि ओलीले बोलाएको बैठक रोक्न आग्रह गरेका छन् ।

ओली पक्षधरले गरेका निर्णय आधिकारिक नभएको र त्यसलाई मान्यता नदिन खनाल-नेपाल समूह आइतबार नै निर्वाचन आयोगसमेत गएको थियो ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ४० बजे

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,