लुम्बिनीमा मन्त्री बनेकालाई कार्यभार सम्हाल्न नपाउँदै राजीनाको अल्टिमेटम « Khabarhub

लुम्बिनीमा मन्त्री बनेकालाई कार्यभार सम्हाल्न नपाउँदै राजीनाको अल्टिमेटम


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई जनता समाजवादी पार्टीले निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।

उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केही समयमा जसपाका ४ जना नेता मन्त्री नियुक्त भएका थिए ।

कल्पना पाण्डेबाहेक अरु तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । जसपाको सहयोग नरहे अविश्वासको प्रस्ताव पारित हुने अवस्था छ । तीन दलका ४१ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा पर्ने अवस्थामा पुगेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ०० बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै