५१ विधामा डीआरले बनाए विश्व रेकर्ड « Khabarhub

५१ विधामा डीआरले बनाए विश्व रेकर्ड


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–नेपाली गीतकार डा.डीआर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको कीर्तिमानी बनाएका छन् ।

विभिन्न फरक फरक शैलीका गीत, संगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् ।

यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न रेकर्ड बनाएका डा. डीआरले फेरि गीतसंगीत सम्बन्धि थप १९ वटा विधामा नयाँ रेकर्ड सोमबार बनाएर ५१ वटा विधामा नयाँ विश्व रेकर्ड बनाएका हुन् ।

उनले यसपटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुकमा १९ फरक विधामा विश्व किर्तिमानी बनाएका हुन् ।

सोमबार राजधानीमा एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई यी सबै वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।

यस पटक उनले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्यक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् ।

यस्तै ५५ वटा फरक फरक फुलको नाममा गीतलेखि रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गरी बनाई रेकर्ड गरेर उनल नयाँ किर्तीमानी बनाएका हुन् ।

यस्तै आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकरात्मक सोचमा फाईदासम्बन्धि गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर डा. उपाध्यायले नयाँ किर्तिमान कायम गरेका हुन् ।

कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत सुनाए । विश्व रेकर्डमा परेका आफ्ना गीतहरु उनीहरुले कार्यक्रममा सुनाएका थिए ।

सो कार्यक्रममा उपाध्यायको विश्व कीर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसँग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकार्पण गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ४० बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा