नयाँबानेश्वर वृत्तका प्रमुख काफ्लेसहित ७ प्रहरी अधिकृत पुरस्कृत « Khabarhub

नयाँबानेश्वर वृत्तका प्रमुख काफ्लेसहित ७ प्रहरी अधिकृत पुरस्कृत


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सो परिसर अन्तर्गत विभिन्न वृत्तको प्रमुख भई काम गर्दै आएका ३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा ४ जना प्रहरी निरीक्षकलाई प्रहरी अभिलेखमा उल्लेख हुने गरि नगदसहित पुरस्कृत गरेको छ ।

नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक लगनशील र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकृय रहेवापत ति प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकलाई नगदसहित पुरस्कृत गरिएको काठमाडौं परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपि) बसन्त कुमार लामाले बताए ।

नगद पुरस्कारसहित पुरस्कृत हुने प्रहरी नायव उपरीक्षकहरुमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, गोविन्दराज काफ्ले, प्रहरी वृत्त स्वयम्भुका प्रमुख, सुधिर राज शाही र प्रहरी वृत्त कालीमाटीका प्रमुख, देवेन्द्र बहादुर पाल छन् । उनीहरुलाई जनही नगद १ हजार ५०० सहित प्रहरी अभिलेखमा उल्लेख हुने गरि पुरस्कृत गरिएको हो ।

यसैगरि जनही नगद १ हजार २०० सहित पुरस्कृत हुने प्रहरी निरीक्षकहरुमा महानगरीय प्रहरी वृत्त काँडाघारीका प्रमुख, सुधिर कुमार राई, प्रहरी वृत्त कमलपोखरीका हर्कबहादुर विश्वकर्मा, सिहंदरवार वृत्तका भोजराज पाण्डे र साँखु प्रभागका लक्ष्मी पाण्डे खनाल छन् ।

पुरस्कृत भएका ७ जना प्रहरी अधिकृतहरुमध्ये नयाँबानेश्वर वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्ले र सोही वृत्त अन्तर्गतको काँडाघारी प्रभागका प्रमुख प्रहरी निरीक्षक सुधिरकुमार राई पुरस्कृत भएका हुन । उनीहरु एकैै वृत्तका प्रमुख र अधिकृत हुन ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ९ : २९ बजे

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव आह्वान

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित