नेपालगञ्जमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द « Khabarhub

नेपालगञ्जमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सबै प्रकारका सेवा निषेध गर्ने आदेश जारी भएको जानकारी दिए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नु परेको प्रजिअ गेलालले बताए। लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ११ : ४५ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु