भिडेरै चितुवालाई नियन्त्रणमा लिए कुमालले « Khabarhub

भिडेरै चितुवालाई नियन्त्रणमा लिए कुमालले


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए ।

घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो । दाइ मलाई बचाउनु, चितुवाले आक्रमण गर्‍यो ।

मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न खोज्दै थियो ।

कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवा कुमालमाथि नै जाइलाग्यो । चितुवामाथि एक्लै भिडेका कुमालले चितुवाको खुट्टा समात्न पुगे, अनि लगत्तै टाउको पनि ।

दुई मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि उनका भाइ भेषबहादुर पनि घटनास्थल आइपुग । कुमालले भाइसँग मिलेर चितुवालाई नियन्त्रणमा लिए ।

हल्लाखल्ला भएपछि गाउँले जम्मा हुन थाले । अन्य केही व्यक्तिको सहयोगमा चितुवालाई बाध्न सफल भइएको कुमालले बताए ।

“शुरुमा चितुवा देख्ने वित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भएपनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो”, कुमालले भने, “करिब दुई मिनेट जति चितुवासँग घम्साघम्सी भयो ।”

कुमालका अनुसार चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको थियो । “चितुवा बुढो बुढो रहेछ, त्यसलाई बाँधेर राखेपछि प्रहरीलाई खबर गर्‍यौ”, उनले भने।

चितुवा नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयवासीको भीड लागेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवा नियन्त्रणमा लिइएकोबारे जानकारी आएकाले टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।

“हामीलाई प्रहरीमार्फत जानकारी आएको छ, हाम्रो टोली त्यता जाँदैछ”, उनले भने । तनहुँमा केही समय यता चितुवाको आतङ्क छ । जङ्गलमा आहारा नभएपछि चितुवा मानववस्ती छेउ आउने गरेको छ ।

विगत दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : २४ बजे

राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन

एमालेलाई अब मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्छौँ : उपाध्यक्ष पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई

बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ

काठमाडौं– नेकपा एमालेका नेताहरूले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका