ओली-नेपाल संवादहीनता तोडियो, भेटबारे नेपालले भने, 'अहिले केही बोल्दिनँ' (भिडियोसहित) | Khabarhub Khabarhub

ओली-नेपाल संवादहीनता तोडियो, भेटबारे नेपालले भने, ‘अहिले केही बोल्दिनँ’ (भिडियोसहित)


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेट सकिएको छ ।

उनीहरुबीच बुधबार साँझ राजधानीको नक्सालस्थित होटल मेरियटमा झण्डै २ घण्टा भेटवार्ता भएको हो ।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेका बेला दुई नेताबीच भेट भएको हो ।

दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा के विषयमा कुराकानी भयो बताइएको छैन । ‘म अहिले केही बोल्दिनँ’ अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्केका नेपालले सञ्चारकर्मीसँग भने ।

हेरौँ भिडियो

भेटपछि दुबै नेता प्रफुल्ल देखिएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोती दुगडले बताए । दुबै नेता बीचको भेटवार्ता सकारात्मक भएको उनले दाबी गरे ।

चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ४७ बजे

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन