म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक « Khabarhub

म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २-१ गोलले पराजित गरेको सिटी केही खेल बाँकी रहँदै उपाधि नजिक पुगेको हो ।

बुधबार भएको खेलमा एस्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १-० को अग्रता दिलाएका थिए ।

२२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ को बराबरीमा फर्काए । ४०औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

यस जितसँगै सिटीले लिगमा ११ अंकको अग्रता बनाएको छ । सिटीले ३३ खेलमा ७७ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ६६ अंक रहेको छ । एस्टन ४४ अंक जोडेर ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै