कतारमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय | Khabarhub Khabarhub

कतारमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमणबाट बुधबार थप ९ जनाको मृत्यु भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४२, ४६, ४९, ५२, ६१, ६६, ७२, ७४ र ८९ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय पुगेको हो ।

पछिल्लो २४ घण्टा ८१९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने ७५७ जनालाई निको भएको मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार १८० जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ७६ हजार १८८ रहेको मन्त्रालयले जनाएको छ ।

कतारमा अहिले २२ हजार ८५२ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १ हजार २१९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ४५९ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म १३ लाख २० हजार ८८६ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।

३०१ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ३०१ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार २९४ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, २ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ३ जनालाई सामाजिक दूरी कायम नगरेकोमा १ जनालाई गाडीमा क्षमाता भन्दाबढी मानिस राखेकोमा र अन्य १ जनालाई क्वारेनटाइन पूरा नगरी भागेकोमा पक्राउ गरि कारबाही गरिएको जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रवेशमा थप कडाई

विभिन्न देशहरुबाट कतार प्रवेश गर्नेहरुमा कोरोना संक्रमण भेटिने क्रम बढेपछि सरकारले थप कडाई गर्ने भएको छ  ।

प्रवेश गर्ने सबै देशका नागरिकलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

मन्त्रालयका अनुसार सबै यात्रुहरूले आगमन भन्दा ७२ घण्टा भित्र त्यस देशको स्वास्थ्य मन्त्रालयको मान्यता प्राप्त मेडिकल सेन्टरमा परीक्षण गरेको कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्नेछ ।

यो नयाँ प्रोटोकल आगामी आइतवार, २५ अप्रिल देखि लागू हुने मन्त्रालयलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

मन्त्रालयले निर्धारण गरे अनुसार केही यात्रुहरुको विमानस्थलमै कोभिड- १९ परीक्षण गरिने प्राथमिक स्वास्थ्य सेवा निगमका प्रबन्ध निर्देशक डा. मरियम अली अब्दुल-मलिकले जानकारी दिइन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ गरियो अन्त्येष्टि

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार