अमेरिकामा बुद्धवीर लामाको एकल साँझ « Khabarhub

अमेरिकामा बुद्धवीर लामाको एकल साँझ


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार बुद्धवीर लामाले आफ्नो गीत लेखन करियरमा अमेरिकामा पहिलो एकल साँझ गर्ने भएका छन् । अमेरिकामा उनको पहिलो एकल साँझ भए पनि संगीत करियरमा उनको यो दसौं एकल साँझ हुनेछ ।

आगामी शनिबार साँझ पेन्सिलभेनिला राज्यको ह्यारिसबर्ग शहरमा आयोजना हुने कार्यक्रममका लागि लामा अमेरिका पुगिसकेका छन् ।

कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यमु राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, वीरेन्द्र गुरुङलगायतले बुद्धवीरका गीत सुनाउनेछन् ।

यसअघि लामाले काठमाडौमा आठ पटक र झापामा एक पटक एकल साँझ आयोजना गरिसकेका छन् ।

लामा पुर्व म्याराथन धावक पनि हुन् । अमेरिकाको एकल साँझबाट उठेको रकम आफुले जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथोन दौड आयोजना गर्ने लामाले बताए ।

करिव ४ दशकदेखी गीत लेखनमा क्रियासिल लामाका ‘धेरै चोटी आँखा जुध्यो’, ‘चलेछ बतास सुस्तरी’, ‘बादलुको घुम्टोले’, ‘खुट्टा तान्दै गर’, ‘आज हाम्रो भेट भाको दिन’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘भुपु मायालु’ लगायत सयौ गीतहरु लोकप्रिय छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ३४ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा