‘को बन्छ करोडपति’ मा पुग्यो ‘जात्रै जात्रा’ टिम « Khabarhub

‘को बन्छ करोडपति’ मा पुग्यो ‘जात्रै जात्रा’ टिम


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रै जात्रा’ को टिम हालको चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ मा सहभागी भएको छ । चलचित्र युनिटले प्रचारमा समेत फाइदा पुग्ने उद्देश्यले उक्त शोमा भाग लिएको हो ।

शो मा अभिनेता राजेश हमालसँग हट सिटमा बसेर अर्का दुई अभिनेता विपिन कार्की र दयाहाङ राईले भाग लिएका थिए । निर्माण टिमले उक्त शो मा भाग लिएर कति रकम जित्यो भन्ने खुलाएको छैन । किनकि, यो शो टेलिभिजनबाट प्रसारण हुन बाँकी छ ।

फिल्मका निर्देशक प्रदीप भट्टराईले यो शोबाट जितेको रकममा फिल्म टिमले थप गरेर अभिनेत्री स्वेता खड्काको स्वेता श्री फाउन्डेसनलाई हस्तान्तरण गर्ने जानकारी गराए । स्वेताले सिन्धुपाल्चोकको माझी बस्तीमा बस्ती निर्माण गरिरहेकी छिन् । सो माझी बस्तीका लागि निर्माण टिमले सहयोग हस्तान्तरण गर्न लागेको हो ।

‘जात्रा’ को सिक्वेल रहेको ‘जात्रै जात्रा’ पछिल्लो समय चर्चामा छ । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ११ : ४२ बजे

मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने

काठमाडौं- प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ। बिहान

मध्यपूर्व युद्धले रूस–युक्रेन वार्ता रोकियो : जेलेन्स्की

एजेन्सी– मध्यपूर्वमा चर्किएको इरानसम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा

उत्तरी गोरखामा समय अगावै सकियो मतदान

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ ।

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मात्रै मतदान 

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २