पार्टी एकता र कम्युनिस्ट आन्दोलन जोगाउन अपील « Khabarhub

पार्टी एकता र कम्युनिस्ट आन्दोलन जोगाउन अपील


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले पार्टी एकता र कम्युनिस्ट आन्दोलन जोगाउन अपील परेका छन् ।

कम्युनिस्ट पार्टीको ७२ औँ स्थापना दिवसका अवसरमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहित १५ जना नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै त्यस्तो अपील गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले पार्टी एकतालाई भत्काएको र संविधानमाथि आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

त्यस्तै अदालतले पार्टी नेकपा एकतालाई भंग गरेसँगै बाँकी रहेको एमालेको एकतालाई समेत भत्काउन ओली लागेको नेपाल-खनाल पक्षले आरोप लगाएको छ ।

अपीलमा भनिएको छ, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका एक वर्षमा हामीमाथि एकपछि अर्को सङ्कट आइपरेका व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले आफैले निर्माण गरेको संविधानमाथि आक्रमण गरेर संसद विघटन गर्नु भयो, पार्टी एकतालाई भत्काउनु भयो र संसदको बहुमत गुमाउनु भयो । र, अदालतले न्यायिक दायरा नाघेर गरेको राजनीतिक निर्णयले एकिकृत पार्टीलाई विभाजन गरेपछि बाँकि रहेको नेकपा एमालेलाई समेत विभाजन गर्न र कम्यनिष्ट आन्दोलनलाई विसर्जन गर्न पार्टी अध्यक्ष स्वयं नै सुनियोजितरुपले अगाडि बढिरहनु भएको छ । राजनीतिक घटना र कारणलाई हेर्दा नवौँ महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभाषपूर्ण निर्णयको परिणामका रुपमा आज पार्टीले यो दुर्भाग्य ब्यहोर्दैछ भन्ने स्पष्ट ।’

त्यस्तै ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको आरोप लगाउँदै त्यसले कम्युनिस्ट आन्दोलनलाई नै विसर्जनको दिशामा लगेको आरोप रहेको छ ।

हेर्नुहोस् नेपाल खनाल समूहले गरेको अपील

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ४ : २२ बजे

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज