शिल्पा भन्दैछिन्, ‘ज्यानलाई हुन्न है खतरा’ | Khabarhub Khabarhub

शिल्पा भन्दैछिन्, ‘ज्यानलाई हुन्न है खतरा’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक विक्रमजंग शाहको नयाँ गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक भएको छ । गीत गायनमा विक्रमलाई अञ्जु पन्तले साथ दिएकी छन् ।

गीतमा लेखु सहयात्रीको शब्द, सुवाष भुषालको संगीत र पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रवीन्द्र रिमाल फिचर्ड छन् ।

मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन, गोविन्द राईले कोरियोग्राफी छ ।

रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ । भिडियोमा सिता तामाङ केसीको मेकअप, राजेन्द्र कमल राईको ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)ले पोस्टर डिजाइनको काम गरेका छन् ।

भिडियो सबस्त इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसैबीच गायक विक्रमले यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एकजनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिने बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ५५ बजे

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

वीरगञ्ज– कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र

ऋणमा डुबेकी पार्वती एकाएक करोडपति बनेपछि…

काठमाडौं– यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ

पत्रकारको सुरक्षामा राज्यको भूमिका आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा

‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

काठमाडौं– नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी