रारामा रोमान्टिक आकाश र उमा « Khabarhub

रारामा रोमान्टिक आकाश र उमा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘त्यो तिम्रो चोखो प्रेमको नजर’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा जेबी संयोगी(जीतबहादुर घले)को शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज छ ।

भिडियोमा अभिनेता, निर्माता तथा निर्देशक आकाश अधिकारी र अभिनेत्री तथा निर्मात्री उमा गिरी ‘बेबी’लाई रोमान्टिक मुडमा देखाइएको छ ।

एक सैनिकको कथालाई चित्रण गरिएको गीतमा सैनिकको मृत्युभएपछि उनकी श्रीमतिको पीडालाई पनि देखाइएको छ । मुगुको रारा तालमा छायांकन गरिएको भिडियो निकै आकर्षक बनेको छ ।

भिडियोमा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, इसान बिजु श्रेष्ठ, पृथ्वी लाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको पनि अभिनय छ ।

आकाशकै निर्देशक रहेको भिडियोमा पुरुषोत्तम प्रधानको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर र कमल राईको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ०० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको