‘अवार्ड शो’ मा प्रियंकाले निकलाई ‘चुम्बन’ गरेपछि... | Khabarhub Khabarhub

‘अवार्ड शो’ मा प्रियंकाले निकलाई ‘चुम्बन’ गरेपछि…


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको प्रसिद्ध ‘बिलबोर्ड म्युजिक अवार्ड २०१९’ को आयोजना १ मे मा भएको थियो । सामाजिक सञ्जालमा उक्त अवार्डको खासै चर्चा छैन तर बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले कार्यक्रमका दौरान स्टेजमा किस खाएको भिडियो भाइरल भएको छ ।

उक्त भिडियोमा प्रियंका चोपडाले स्टेजमा प्रस्तुति दिइरहेका पति निक जोनसलाई आएर चुम्बन गर्छिन् । अवार्ड शो का दौरान यी दुईले ओठ मिलाउँछन् । निकले दिएको प्रस्तुतिमा प्रियंका आएर चुम्बन गर्छिन् । यो भिडियोको फुटेज सामाजिक सञ्जालमा रुचाइएको छ ।

दर्शकले निक र प्रियंकाको यो प्रेमलाई लिएर विभिन्न प्रतिक्रिया दिएका छन् । फ्यानले यसलाई सुन्दर क्षणका रुपमा वर्णन गर्नुका साथै शानदार केमेष्ट्री भनेका छन् ।

केहीले भने यी दुईको यो मायालाई ‘रिलेशनशीप गोल’ भनेका छन् । अवार्ड शो मा प्रियंका पनि निकै सुन्दर देखिएकी थिइन् ।

केही हप्ताअघि मात्र एक अमेरिकी म्यागजिनले प्रियंका र निक जोनसको डिभोर्स हुन लागेको दाबी गरेको थियो । यसबारेमा प्रियंकाकी आमाले खण्डन गरेकी थिइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : १० बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न