यसरी थाहा पाउनुहोस थाइराइडको लक्षण | Khabarhub Khabarhub

यसरी थाहा पाउनुहोस थाइराइडको लक्षण


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा साधारण जस्तो लागे पनि थाइराइड निकै ठुलो समस्या हो । सजिलै रोगका लक्षण नदेखिने भएकाले यो रोग पहिचानमा समस्या हुने गर्दछ । र जतिबेला यसको लक्षण देखापर्छ तब यसले निकै प्रभाव पारिसकेको हुन्छ ।

के हो थाइराइड ?
थाइराईड घाटीमा पुलती आकारमा हुने सामान्य एक प्रकारको ग्रन्थी हो । यसले थाइराइड हर्मोनको श्राव गर्छ । यदी उक्त हर्मोनले सही तरीकाले काम गरेन भने थाइराईडको समस्या देखा पर्ने गर्छ । यस्तोमा के के लक्षणले पहिचान गर्न सकिन्छ त थाइराइडलाई ?

१. घाँटी सुन्निने
हुनत घाँटी सुन्निनु थाइराईड मात्र नहुन पनि सक्छ । तर यदी कसैलाई बारम्बार घाटी दुख्ने, घाँटी सुन्निने समस्या छ भने थाइराइड हुनसक्छ । यस्तोमा घाँटीमा पिडा हुने, आवाजमा बद्लाव आउने, स्वर भारी हुने गर्दछ ।

२. तौलमा कमी
यदि कुनै परिश्रम बिना वा शारीरीक व्यायाम बिना कसैको तौल अचानक कम हुन्छ भने त्यस्ता व्यक्तिलाई थाइराइड भएको हुनसक्छ । थाइराईड ग्रन्थी अधिक मात्रामा सक्रिय हुदाँ पनि तौल अचानक कम हुन थाल्छ । यसले खानालाई शक्तिमा परिणत गर्ने प्रकृयामा ह्रास ल्याउँछ, जसका कारण खाना शक्तिमा परिणत हुन सक्दैन र तौल कम हुन थाल्छ ।

३. थकान
थाइराइडमा देखिने मुख्य लक्षण नै थकान हो । यदी कसैलाई शारीरीक परिश्रम बिनै थकान महसुस हुन्छ भने त्यो थाइराईडिज्मको संकेत हुनसक्छ । विशेषगरी हाइपर थाइराईडिज्ममा हुने अनिद्राका कारण शरीरमा दिनभर थकान महसुस हुने गर्छ ।

४. पेट सम्बन्धि गडबडी
हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा पेट सम्बन्धि समस्या निम्तने गर्छ । विशेषगरी हाइपो थाइराईडिज्म भएका मानिसहरुमा पाचनसम्बन्धि समस्या हुने गर्छ । जसका कारण उनीहरुमा कव्जीयत तथा पखालाको समस्या हुने गर्छ ।

५. महिनावारीमा गडबडी
हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा महिलाको महिनावारीमा गडबड हुने गर्छ । हाइपो थाइराईडिज्म भएका महिलाहरुमा ढिलो ढिलो महिनावारी हुने वा हुदै नहुने लक्षण देखा पर्छ भने हाइपर थाइराईडिज्म हुने महिलामा महिनावारी छिटो छिटो तथा आवश्यक्ता भन्दा बढी हुने गर्छ ।

६. यौनइच्छामा कमी
हाइपो थाइराइडिज्मले व्यक्तिको यौन इच्छामा समेत असर पार्दछ । यौन सम्बन्धप्रति रुची कम हुनु, हाइपर थाइराईडिज्मको लक्षण हुनसक्छ । यसमा थकान महसुस हुने, शरीर तथा मांसपेशीमा पिडा महसुस हुन, बेचैनी हुनु पनि कारक तत्व हुनसक्छ ।

७. बिर्सने समस्या
अधिक मात्रामा थाइराईको उत्पादनले मानिसको दिमागमा समेत असर पर्दछ । जसका कारण मानिसको स्मरण शक्ति कमजोर हुन थाल्दछ । यस अर्थमा यदी कसैलाई अचानक विर्सने रोग लागेको छ भने त्यो थाइराईको संकेत हुनसक्छ ।

८. बेचैनी
शरीरमा अधिक मात्रामा बेचैनी भएमा यसले थाइराईड भएको संकेत गर्दछ । विशेषगरी जब थाइराइड बढी मात्रामा सक्रिय हुन थाल्छ, त्यतिबेला शरीरले बढी मात्रामा थाइराईडको उत्पादन गर्न थाल्छ । जसका कारण शरीरमा तनाव तथा बैचीन उत्पन्न हुन थाल्छ । त्यस अलावा अधिक मात्रामा निद्रा लाग्नु वा अनिद्रा पनि थाइराईडको संकेत हुनसक्छ । मुड बद्लिने, जीउ आलश्य हुने, काम गर्न मन नलाग्ने पनि यसैको लक्षण हुन सक्छ ।

९. कपाल तथा छालामा परिवर्तन
थाइराईडका कारण कपाल तथा छालामा समेत समस्या उत्पन्न हुने गर्दछ । यसले कपाल रुखो हुने, झर्ने लगायतका समस्या देखिने गर्छ । त्यस्तै, छालामा पाप्रा जम्ने, छाला सुख्खा हुने लगायतका समस्या देखा पर्ने गर्दछ । छिटो छिटो कपाल बढ्नु तथा शरीरका विभिन्न अंगहरुमा कपाल पलाउनु पनि थाइराइडको संकेत हुने गर्छ ।

१०. जोर्नी तथा घुँडामा दुखाई
विना कुनै शारीरीक परिश्रम कसैमा घुडा तथा जोर्नीको दुखाई हुन्छ भने त्यो थाइराईडको संकेत हुनसक्छ । यस्ता दुखाईले दैनिकीमा असर पार्न सक्छ । सामान्य भारी उठाउदा घुडा तथा मांसपेशी दुख्ने, हात झनझनाउने वा सुन्निने समस्या भए थाइराइड हुनसक्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ५९ बजे

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह

जुम्ला– जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री

चिकित्सकको अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

महोत्तरी– चिकित्सकको अभावमा महोत्तरीस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ

तरकारी तथा फलफूलको आजको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि