एनएसएलको उद्घाटन खेलमा काठमाडौँको विजयी सुरूवात « Khabarhub

एनएसएलको उद्घाटन खेलमा काठमाडौँको विजयी सुरूवात


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ रेजर्स एफसी विजयी भएको छ ।

काठमाडौँले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौँका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे । उनले खेलको ६६औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एक/एक लाख पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : २७ बजे

घरेलु हिंसामा आठ बालकको ज्यान गयो

श्रेभपोर्ट– संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठमाडौं– सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज,

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।