मलेसियामा जेल जीवन बिताएका १२ नेपाली स्वदेश फर्किए, अझै ३६ घरफिर्ती केन्द्रमा « Khabarhub

मलेसियामा जेल जीवन बिताएका १२ नेपाली स्वदेश फर्किए, अझै ३६ घरफिर्ती केन्द्रमा



दोहा- मलेसियामा विभिन्न मुद्दामा जेल परेका १२ जना नेपाली सजाय काटेर स्वदेश फर्किएका छन्। मलेसियाको कानून उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् ।

त्यहाँको लेङक्याप घरफिर्ती केन्द्रमा रहेका १२ नेपालीको कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढ थापाले जानकारी दिए ।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी क्वालालम्पुर–काठमाडौँ उडान मार्फत स्वदेश फर्काएको हो । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

यस्तै मलेसियाको विभिन्न घर फिर्ती केन्द्रहरुमा अझै पनि ३६ जना नेपाली स्वदेश फिर्तीको तयारीमा रहेको र उनीहरुको पनि कानुनी प्रक्रिया पूरा गरी चाडै फिर्ता पठाइने उनले बताए ।

यसघि पनि दूतावासले जेल सजाय कटाएर घरफिर्ती केन्द्रमा रहेका २४ जनालाई नेपाल फर्काइएको थियो । पछिल्लो समय मलेसियामा पनि कोरोना महामारी बढेको करण स्वदेश फर्काउन थप समस्या भएको उनको भनाइ छ ।

धेरै नेपालीहरुले मलेसियाको रोजगारी कहिले खुल्छ भनेर प्रश्न गरिरहेको बताउँदै उनले खुल्ना साथ दूतावासले जानकारी गराउने समेत बताए । मलेसियामा हाल ३ लाख ५० हजार नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ०४ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला