— बिहानै २ वटा ओखर खानुहोस् । ओखर खाने व्यक्तिको दिमाग तेज हुन्छ ।
— सधैँ महको सेवन गर्ने मानिसको दिमाग तेज हुन्छ ।
— ६ के.जी. त्रिफला चुर्णलाई भृङ्गराजको रसमा घोटेर सात दिनसम्म राख्नुहोस् । प्रतिदिन २० ग्राम मह वा घ्यू मिलाई खानाले स्मरण शक्ति बढ्दछ ।
— स्मरणशक्ति बढाउनको लागि रुद्राक्ष, वच, शङ्ख वा सुनलाई ढुङ्गामा एकैसाथ पिसी १ चम्चा महको साथ सेवन गर्नुपर्दछ ।
— यदि तपाईंको स्मरणशक्ति कमजोर छ भने महको सेवन प्रतिदिन गर्नुहोस् ।
— वसन्त ऋतुको समय छ भने पिपलवृक्षको ४/५ दान बिहानै खाएमा स्मरण शक्ति बढ्दछ ।
— मस्तिष्कको कमजोरी हटाउन वा स्मरशक्ति बढाउन कालो मरिच लाभदायक हुन्छ । २५ ग्राम मख्खनमा ५/६ वटा कालो मरिच मिलाई खानाले स्मरणशक्ति वृद्धि हुन्छ ।
— सौफ र मिश्री दुई/दुई चम्चाका दरले खाना खाइसकेपछि खानाले स्मरणशक्ति वृद्धि हुन्छ । यो नियमित १/२ महिनासम्म खानु जरुरी हुन्छ ।
— खाना खानुभन्दा पहिले स्याउलाई बोक्रा नछोडाई खानु हितकारी मानिन्छ ।
— मानसिक कमजोरी, स्मरणशक्तिमा कमी वा दिमागमा गर्मी महसुस भएको छ भने चुकन्दरको एक कप रस दिनमा २ पटक खानाले लाभ मिल्दछ ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया