सुपर ओभरमा दिल्लीसँग हैदराबादको हार « Khabarhub

सुपर ओभरमा दिल्लीसँग हैदराबादको हार


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्ली क्यापिटल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ ।

चेन्नईमा आइतबार राति भएको खेलमा हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौथो जित पनि निकालेको छ ।

दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो बनायो ।

सुपर ओभरमा जानु अघि हैदरावादका केन विलियम्सनले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनी बेयर्स्टोले ३८ रन बनाए । जगदीश सुचिथ १५ रनमा अविजित रहे ।

दिल्लीका अभेस खानले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान ऋषव पन्तले ३७ रन जोड्दा स्टिभ स्मिथले अविजित ३४ रन बनाए । शिखर धवन २८ रनमा आउट भए ।

हैदरावादका सिदार्थ कउलले २ विकेट लिए । राशिद खानले १ विकेट लिए । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । हैदरावादको यो चौंथो हार हो । हैदरावादले ५ खेलमा २ अंक मात्र छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ४० बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला