काठमाडौँ प्रवेश गर्नेले अब अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने « Khabarhub

काठमाडौँ प्रवेश गर्नेले अब अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै अब काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा सोमबार आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।

जिल्ला प्रशासनले सभासम्मेलनमा रोक लगाएको छ ।

आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमङ पुल सपिङ मल, मनरोरञ्जन स्थल , सैलुन, व्युटी, पार्लर जिमखाना, सूमहमा खेलिने खेलकुद, पुस्तकालय संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने भएको छ ।

यसैगरी विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासनको अनुमति लिएर मात्र गर्न पाइने छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : २० बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई