भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु « Khabarhub

भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा थप ३ लाख १९ हजारमा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा संक्रमण भएको छ ।

यसअघि (सोमबार ) वैशाख १३ मा भारतमा दोस्रो धेरै ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४५ लाख ४५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार ५१३ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८८० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : १० बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास