हिमालयन बैंकले ल्यायो ‘एस.सि.टि युनियनपे’ कार्ड सेवा | Khabarhub Khabarhub

हिमालयन बैंकले ल्यायो ‘एस.सि.टि युनियनपे’ कार्ड सेवा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको छ ।

हिजो मंगलवार भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालित विशेष समारोहबीच हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको हो ।

सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्ने बैंकले जनाएको छ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने बैंक ले जनाएको छ ।

यूनियनपेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एच वि एल यूनियनपे एस सि टि कोब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न शुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका छन् । त्यस्तै निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने कुराको जानकारी दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.राले सो अवसरमा यूनियनपे तथा एस.सि.टि सँग सहकार्य गरी “एच वि एल यूनियनपे एस सि टि कार्ड” संचालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे । उनले नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स–्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको दाबी गरे ।

हिमालयन बैंक यूनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि संचालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखिनै जारी गर्दै आइरहेको छ । सन् २०१८ देखि क्यूपे वालेट पनि संचालन गर्दै आएको एस सि टि नेपालमा यूनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको छ ।

हिमालयन बैंक र एस सि टिले यूनियनपेको नेपालमा सेवा स्थानीयकरण गर्ने योजनामा साझेदारको रुपमा रही नेपाल र मित्रराष्ट्र चीनबिचको आर्थिक तथा व्यवसायिक क्रियाकलापमा सहयोग पुर्‍याउदै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ४४ बजे

सुरक्षालाई बहिस्कार गरिएको फिल्ममा हेना पनि

काठमाडौं – बहिस्कारले फिल्म नचल्ने होइन । यदि बहिस्कारले फिल्म

शहीदका पीडा बिर्सेका छैनौँ : प्रचण्ड

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको

गोजीमा औषधी बोकेर हिँडेका शिक्षक भन्छन्- मानसिक र शारीरिक पीडाले हैरान भयौँ

एक महिनादेखि देशभरका शिक्षक काठमाडौंको सडकमा छन् । आन्दोलनको समय

अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु

धनगढी– सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु

संसद्‌बाट भन्सार विधेयक बहुमतले पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण