त्रिदेशीय फुटबलको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने « Khabarhub

त्रिदेशीय फुटबलको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

वैशाख ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीका २३ खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले जानकारी दिए ।

काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबल भएको थियो । फाइनलमा नेपालले फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ०२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका