प्रतिबन्ध लगाए अस्ट्रेलियामाथि उचित कदम चाल्ने चीनको चेतावनी « Khabarhub

प्रतिबन्ध लगाए अस्ट्रेलियामाथि उचित कदम चाल्ने चीनको चेतावनी


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– आफुमाथि अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको छ ।

चीनमा अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरेको आरोपमा अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको हो ।

चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई चीनले सहज रुपमा नलिने अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चेङ जिङयेले चेतावनी दिएका हुन् ।

क्यानबेरास्थित भर्चुअल प्रेस सम्मेलनमा राजदूत चेङले चीनमा मानवअधिकार हनन भएको आरोप झुटो रहेको बताए ।

सम्मेलनमा सिन्जियाङ क्षेत्रको सकारात्मक पक्षलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो । सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उईघुर समुदायमाथिको दमनलाई अस्ट्रेलियाले नरसंहारको संज्ञा दिदै चीनको आलोचना गर्दै आएको छ । स्रोत नाईन न्युज

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : १५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि