धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा ? | Khabarhub Khabarhub

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको नागरिक दैनिकमा खबर छ ।

निलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिइएको छ। साबिक चपली ९ (ग) २ मा पर्ने धोबीखोलाको जग्गा नयाँ नापी हुँदा कायम कित्ता नम्बर १३३, १३४ र १४३ समेतमा घुसाई व्यक्तिका नाममा दर्ता भएको छ। सम्बाहाम्फे लोयल्टी स्कुलका सञ्चालकसमेत हुन्। उनी र उनकी श्रीमतीका नाममा मात्रै चार रोपनी सरकारी जमिन दर्ता भएको छ।

त्यस्तै पत्रिकाले आन्तरिक ऋण उठाउने तयारीमा सरकार शीर्षकमा आर्थिक पृष्ठमा समाचार छापेको छ । गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

चालु बजेटको लक्ष्यअनुसार राजस्व संकलन नभए पनि खर्च कम हुँदा सरकारलाई आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता नपरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा यो वर्ष राजस्व राम्रो उठेका कारण आन्तरिक ऋण उठाउनु नपरेको बताएका थिए। तर उनकै सरकारले आन्तरिक ऋण उठाउन फाइल खोलिसकेको थियो।

चालु आवको चैत महिनासम्म राजस्व लक्ष्यभन्दा ८५ अर्ब ६२ करोड रुपैयाँ कम संकलन भएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म सरकारले पाँच खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यस्तै नेकपाले ह्विप लगाएर प्रदेश १ को नाम तथा राजधानी विवाद मिलाउने, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारीमा आयोगकै पूर्व सदस्यले इच्छादेखाएको , ५७ जनाको आवेदनलगायतका खबर छापेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ७ : ०८ बजे

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली– युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतंकवादी भारतको मणिपुर

‘धनी बन्न सिकाउने’ तीन पुस्तक

काठमाडौं – धनी बन्नु अधिकांशको चाहना र लक्ष्य हो ।

नौ लाख बराबरको भन्सार छलीका सामान बरामद

कैलाली– जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी

सोह्र श्राद्धका समयमा मुक्तिनाथमा दर्शनार्थी बढे

गण्डकी – प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा .केही दिनयता चहलपहल बढ्दै गएको

‘संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने’

काठमाडौं– पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा