संक्रमितले उपचार नपाउने अवस्था आउनुमा सरकारको चरम लापरबाही : देउवा « Khabarhub

संक्रमितले उपचार नपाउने अवस्था आउनुमा सरकारको चरम लापरबाही : देउवा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।

शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी सभापति देउवाले मुलुकभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा रोकथाम तथा संक्रमितको उपचारमा सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् ।

उनले भने, ‘सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको छ ।’

उनले संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको अवस्था आउनुमा सरकारको चरम लापरबाही, असंवेदशीलता र अकर्मण्यता जिम्मेवार भएको बताएका छन् ।

उनले सररकारले न विगतको गल्तीहरुबाट  न त  नेपाली कांग्रेस तथा अन्य सरोकारवालाले दिएको सल्लाह र सुझावलाई आत्मसात गरेको बताए ।

कोरोना संक्रमण रोकथाममा सरकार पहिले नै सचेत नबन्दा मुलुकमा फेरि लकडाउन गर्ने स्थिति आएको बताए । कांग्रेस सभापति देउवाले संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न तथा अस्पतालका बेडलगायतका पूर्वाधार व्यवस्था गर्न समेत माग गरेका छन् ।

कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन तथा सीमा नाकामा अनिर्वाय पीसीआर गर्न र रिपोर्ट नआउँदासम्म होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ३५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित