भारतमा एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण, ३५ सय २२ को मृत्यु « Khabarhub

भारतमा एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण, ३५ सय २२ को मृत्यु


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख नाघेको १०औँ दिनमा ४ लाख पुगेको हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ ।

यस्तै त्यहाँ एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : ०५ बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले