प्रिमियर लिग : लेष्टर सिटी र साउथह्याम्पटनको बराबरी « Khabarhub

प्रिमियर लिग : लेष्टर सिटी र साउथह्याम्पटनको बराबरी


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी र साउथह्याम्पटनले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा लेष्टर र साउथह्याम्पटनले १-१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमै १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनमाथि लेष्टरले जित निकाल्न नसकेको हो ।

खेलको १० औं मिनेटमा जान्निक भेस्टरगार्डले रातो कार्ड पाएपछि लेष्टर १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीका बाबजुद खेलमा सुरुवाती अग्रता पनि साउथह्याम्पटनले नै बनाएको थियो ।

६१औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाए ।

६८औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै लेष्टर ३४ खेलमा ६३ अंकसहित तेस्रो स्थानमा छ भने साउथह्याम्पटन ३७ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : ०५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको