पेड्रोले गोल गर्दा हारबाट जोगियो चेल्सी « Khabarhub

पेड्रोले गोल गर्दा हारबाट जोगियो चेल्सी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – युरोपा लिग फुटबलको शुक्रबार राति भएको दोस्रो खेलमा चेल्सीले फ्रेन्कफर्डसँग अंक बाडेको छ।

सेमिफाइनलको पहिलो लेगमा चेल्सीले फ्रेन्कफर्डसँग १-१ बराबरि खेलेको हो। फाइनलमा स्थान बनाउन पहिलो लेगमा कमजोर प्रदर्शन गरेको चेल्सीका लागि दोस्रो लेगमा फराकिलो जीतको आवश्यकता हुन्छ।

तर, फ्रेन्कफर्डसँगको पहिलो लेगमा पनि चेल्सीले अग्रता तोड्दै बराबरी खेलेको हो। खेलको २३ औं मिनेटमा लुका जोभिकको गोलमा फ्रेन्कफर्डले चेल्सीविरुद्व अग्रता बनाएको थियो।

तर, चेल्सीका लागि पेड्रोले पहिलो हाफको अन्तिममा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए। उनले खेलको ४५ औं मिनेटमा गोल गरे। दोस्रो हाफमा गोल थप्न नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ५४ बजे

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै