तनावबाट मुक्त हुन कलम र कागज साथी ! « Khabarhub

तनावबाट मुक्त हुन कलम र कागज साथी !


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेसनले शनिबार भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्ने भारतीय पत्रकार, शिक्षक र लेखक शुभव्रत गाङ्गुलीले महामारीमा निषेधाज्ञाले गरेको आर्थिक अस्थिरतामा आय हुँदैन, घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले मानिसमा हुने तनाव व्यवस्थापन गर्न फाउन्टेन पेन सहयोगी हुन सक्ने बताए ।

अलमलमा जाने फुर्सदको समयलाई उपयोग गर्न कलम र कागजले मद्दत गर्ने भएकाले यसमा मानिसको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले निषेधाज्ञाबीच घरमै बस्न बाध्य मानिसका मनमा लागेका कुरा कलमका माध्यमबाट कथा, कविता, लघुकथालगायत साहित्यका विधामा ढालेर अभिव्यक्त गर्दा आत्मविश्वास बढ्नुका साथै शरीरमा रोग प्रतिरोधी क्षमतासमेत वृद्धि हुने बताए ।

हात हातमा मोबाइल, सामाजिक सञ्जालमा व्यस्त हुँदा अनुत्पादक क्षेत्रमा सक्रिय भई मानिसमा चिन्ता बढेकाले कलमको प्रयोग गर्न समाजलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका उनले सुनाए । यस्ता विषयमा फाउण्डेसनले अध्ययन अनुसन्धानलाई पनि निरन्तरता दिएको जनाएको छ ।

सो अवसरमा सुलेख (क्यालिग्राफर) विज्ञ केसी जनार्दनले हस्ताक्षर, कलम र दिमागले शरीर एवं मनका लागि ध्यानको काम गर्ने, हस्ताक्षर फरेन्सिक जाँच गर्न पनि उपयोगी हुने भएकाले यसको उपयोगिता रहेकामा जोड दिए । यसले लेखन सुधार गर्न पनि सहयोग गर्ने भएकाले समाजका सबै क्षेत्रमा लागेका मानिसका लागि कलम र कागज उपयोगी हुने उनको भनाइ छ ।

कार्यक्रममा माइक्रोसफ्टका लेखा कार्यकारी दीपेन्द्रराज बज्राचार्य, डा.यादव पण्डित, रोजी कट्टेल, रामचन्द्र पोखरेल, पत्रकार जगत नेपाललगायतले महामारीबाट शिक्षा, स्वास्थ्य, अर्थ लगायतसमाजका सबै क्षेत्र प्रभावित पारेकाले कलम र कागजको उपयोग गरेर प्रतिभा विकासका काम गर्न सकिने आफूहरूको अनुभव रहेकामा जोड दिएका थिए ।

लेखन कार्यले मन र शरीरको समन्वय हुँदा चलायमान भई स्वास्थ्याई समेत राम्रो हुने कार्यक्रमका वक्ताको भनाइ थियो । कागज र कलम दुवै वातावरणमैत्री भएको पनि कुनै नोक्सानी नगर्ने, कम्प्युटर, ल्यापटप, ट्याब्लेटलगायत विद्युतीय सामग्रीमा काम गरिरहँदा समस्या धेरै हुन सक्ने भएको पनि कागज र कलम निषेधाज्ञाका बेला उपयोग गर्न उनीहरूले सुझाएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ४५ बजे

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित