२० वर्षीया युवतीलाई अपहरण गरी हत्या गर्ने रविलाई जन्मकैद | Khabarhub Khabarhub

२० वर्षीया युवतीलाई अपहरण गरी हत्या गर्ने रविलाई जन्मकैद


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।

बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार खड्कालाई रु एक लाख जरिवाना र अपहरण अवधिको दैनिक रु ५०० दरले थप जरिवाना तिराउने फैसलासमेत भएको थियो ।

गत असार १४ गते लु२च २४५४ नंको जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए । कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो ।

घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

सविताकी काकी बिष्णु दमैले भतिजीलाई गुमाउनुपरे पनि अदालतको फैसलाबाट न्याय पाएको महसुस गरेको बताए । अदालतको फैसलाअनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १० : २९ बजे

स्वास्थ्यमन्त्रीले भने- स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गरौँ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छौँ : प्रधानमन्त्री मोदी

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई

गगन थापालाई अदालतले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना

स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब आवश्यक : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता

श्रमसंसार पोर्टलले रोजगारीको लागि सही सूचना सम्प्रेषण गर्नेछ : श्रममन्त्री भण्डारी 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र