काभ्रेमा पनि एकसाता निषेधाज्ञा जारी « Khabarhub

काभ्रेमा पनि एकसाता निषेधाज्ञा जारी


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै काभ्रेमा पनि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरी वैशाख १९ गते अर्थात् आइतबार राति १२ बजेदेखि लागू हुने गरी काभ्रेका बजार क्षेत्र र राजमार्गमा निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा वैशाख २६ गतेसम्म निषेधाज्ञा जारी हुने जानकारी दिए । उनका अनुसार अरनिको राजमार्गको साँगादेखि बनेपा बजार धुलिखेल सदरमुकाम पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म, बनेपा तीनदोबाटोदेखि नाला भगवती र बनेपा-पनौती खोपासी सडक खण्डको दायाँबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिएको छ । त्यस्तै, बिपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभन्ज्याङ-भकुण्डे हुँदै मंगलटार र पाँचखाल नपाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको २ सय मिटर दायाँबायाँको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

अन्य स्थानीय तहहरूमा संक्रमण दर कम भएकाले निषेधाज्ञाको निर्णय नभएको उनले बताए ।

शनिबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ । त्यस्तै, निषेधाषाको अवधिमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रजिअ पोखरेलले सञ्‍चारकर्मीले सूचना विभागबाट दिएको परिचयपत्रको आधारमा मात्र आवातजावत गर्न पाउने, विवाह कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र दैनिक उपभोग्य वस्तुका पसललगायत भने आवश्यक मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ४० बजे

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार