प्रदेशसभा सांसद खत्री माओवादी केन्द्रमा रहने, एकल बहुमत पुर्‍याउन पोखरेललाई समस्या « Khabarhub

प्रदेशसभा सांसद खत्री माओवादी केन्द्रमा रहने, एकल बहुमत पुर्‍याउन पोखरेललाई समस्या


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशसभाका सांसद विमलाकुमारी खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छन् ।

सांसद खत्रीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफू आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । उनले वैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरी औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै बुद्धि र विवेकले माओवादी केन्द्र रोजेको स्पष्ट पारिन ।

पत्रकार सम्मेलनमा उनले भनिन, ‘गत उपनिर्वाचनमा म एमाले वा माओवादी केन्द्र भएर चुनाव लडेको होइन । मलाई केही थाहा थिएन । गृहिणी मात्रै थिएँ । तर, पार्टीका साथीहरूले चुनाव लड्न भनेपछि म लडेकी हुँ । मलाई माओवादी केन्द्रको तर्फबाट त्यतिबेला साथीहरूले धेरै सहयोग गर्नुभएको हो ।’

उनले दामा शर्मा र अपारले धेरै सहयोग गरेको पनि बताइन ।

सांसद खत्रीले आफु कसैको दबाबमा नपरिकन माओवादी केन्द्रको सदस्य बनेको र अब माओवादी केन्द्रको सांसद बन्ने स्पष्ट पारिन ।

खत्रीको यो निर्णयसँगै मुख्यमन्त्रीका लागि नेकपा एमालेबाट एकल बहुमत जुटाउने शंखर पोखरेलको योजना विफल भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : १८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा