सांसद पद गुमाएका जसपाका नेताको रिट सर्वोच्चले दर्ता गर्न मानेन « Khabarhub

सांसद पद गुमाएका जसपाका नेताको रिट सर्वोच्चले दर्ता गर्न मानेन


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा) का ४ नेताले दिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमात्र दर्ता हुने भन्दै जसपा नेताको रिट फिर्ता गरिदिएको हो ।

सहरजिस्ट्रार बाबुराम दाहालले अदालतको नियमित काम कारबाही र सेवा सञ्चालन भएको बखत निवेदन लिई आएमा दर्ता हुन सक्ने भन्दै हाललाई रिट फिर्ता हुने आदेश दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टीका ४ नेतालाई पार्टीले निष्कासन गरेको जानकारी प्रदेशसभालाई दिएपछि उनीहरुले सांसद पद गुमाएका थिए ।

पार्टी र प्रदेशसभाको उक्त निर्णयको विरुद्धमा जसपा नेताहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सर्वोच्चमा रिट लिएर पुगेका थिए । पार्टीले गरेको उक्ता कारबाहीविरुद्ध जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने निर्णय कार्यान्वयन नगर्न माग गर्दै निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ४९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा