६०८ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै  « Khabarhub

६०८ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै 


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ६०८  जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १३१ जना संक्रमित भेन्टिलेटरमा र ४७७ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ५४ जना संक्रमित आईसीयूमा र भेन्टिलेटर १४,  प्रदेश २ मा हाल आईसीयूमा २४ जना र भेन्टिलेटरमा २ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा २५४ जना आईसीयूमा र ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयूमा र २१जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा र भेन्टिलेटरमा ७ तथा सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ०० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग