पूर्वी नवलपरासीमा निषेधाज्ञा जारी « Khabarhub

पूर्वी नवलपरासीमा निषेधाज्ञा जारी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा मंगलबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड-१९ महामारीको दोस्रो लहर फैलिएपछि नवलपरासी पूर्वमा पनि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाभर सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधान सञ्चालन गर्न नपाइने तथा खाद्यवस्तु, पानी तथा अत्यावश्यक सामग्री बोकेको ढुवानका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा प्रवेश गर्न रोक लगाउने प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले सोमबार जारी गरेको आदेशमा उल्लेख छ ।

तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ, औषधि, भेटेनरी तथा औषधि पसल ब्यवसाय बाहेक अन्य पसल ब्यवसाय बन्द गर्नुपर्ने तथा ढुवानी साधनबाट ल्याएका खाद्य सामग्री स्टोर गर्न भने दिइने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ४५ बजे

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा