पूर्वी नवलपरासीमा निषेधाज्ञा जारी « Khabarhub

पूर्वी नवलपरासीमा निषेधाज्ञा जारी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा मंगलबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड-१९ महामारीको दोस्रो लहर फैलिएपछि नवलपरासी पूर्वमा पनि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाभर सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधान सञ्चालन गर्न नपाइने तथा खाद्यवस्तु, पानी तथा अत्यावश्यक सामग्री बोकेको ढुवानका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा प्रवेश गर्न रोक लगाउने प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले सोमबार जारी गरेको आदेशमा उल्लेख छ ।

तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ, औषधि, भेटेनरी तथा औषधि पसल ब्यवसाय बाहेक अन्य पसल ब्यवसाय बन्द गर्नुपर्ने तथा ढुवानी साधनबाट ल्याएका खाद्य सामग्री स्टोर गर्न भने दिइने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै