मिर्गौलालाई असर गर्ने ९ बानी आजै सुधार गरौँ « Khabarhub

मिर्गौलालाई असर गर्ने ९ बानी आजै सुधार गरौँ


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिर्गौला हाम्रो शरीरको महत्वपुर्ण अंग हो । यसले रगतलाई छान्ने गर्दछ । तर कतिपय अवस्थामा तपाई हामी जान अन्जानमा यसलाई असर पारीरहेका हुन्छौ । हाम्रो दैनिक जीवनशैली र खानपानले पनि मिर्गौलालाई असर पुर्याइरहेको हुन्छ । तर मानिसहरु स्वास्थ्यको चासो अभाव र लापरबाहिले मिर्गौलामा असर पुर्याइरहेका हुन्छन् । तसर्थ मिर्गौलाका बारेमा यी कुरा जान्न आवश्यक हुन्छ ।

१. चिसोको समस्या भइरहने मानिसमा पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्न सक्छ । यसले मिर्गौलामा व्याक्टेरिया उत्पन्न गर्छ ।

२. खानामा अत्यधिक नून खाँदा वा धेरै नूनिलो खानेकुराको सेवनले पनि मिर्गौला खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर मिर्गौलामा पर्दछ ।

३. पिसाब लाग्दा लामो समय रोक्दा पिसाब थैली भरिन्छ । पिसाब भरिएर मिर्गौलासम्म पुग्छ र पिसाबमा हुने व्याक्टेरियाले यसलाई हानी पार्दछ ।

४. पानी कम वा ज्यादा पिउनु राम्रो हुदैँन । शरीरलाई दैनिक ८ देखि १० गिलास पानी चाहिन्छ । यो भन्दा थोरै पिउदा शरीरमा जम्मा भएको विकारले मिर्गौलाको नियमित कार्यलाई असर गर्छ भने ज्यादा पिउदा पनि असर गर्छ ।

५. चुरोट खानेहरुमा शरीरमा विष जम्मा हुन्छ जसले मिर्गौलालाई क्षती गर्ने सम्भावना हुन्छ । साथै धुमपानले प्रेसर बढाउँछ ।

६. धेरै कोल्ड ड्रिक्स वा चिसो पेय पिउनेलाई पनि मिर्गौला ड्यामेजको सम्भावना हुन्छ । चिसो पेय पदार्थमा हुने अर्थोफोस्फोरस एसिडले यसलाई गम्भीर हानी गर्छ ।

७. सामान्य मानिसको तुलनामा बढि मात्रामा खाना खाने मानिसमा पनि मिर्गौलाको समस्या हुनसक्छ । साथै बढी खाँदा तौल बढ्छ र तौल बढ्दा मिर्गौलासंग सम्बन्धित समस्या हुन्छ ।

८. मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले मिर्गौलामा मेटाबोलिक भार बढाउँछ र स्टोनका समस्या ल्याउँछ ।

९. दैनिक ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले मिर्गौलामा समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ०५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका