टाइगर श्राफसँगको ‘किसिङ सिन’ पछि अनन्याले भनिन् – मेरो पहिलो बेस्ट चुम्बन | Khabarhub Khabarhub

टाइगर श्राफसँगको ‘किसिङ सिन’ पछि अनन्याले भनिन् – मेरो पहिलो बेस्ट चुम्बन


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ, अनन्या पाण्डे र तारा सुतारिया चाँडै नै करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ मा देखिँदैछन् । तीनै कलाकारले यतिबेला फिल्मको जमेर प्रचार गरिरहेका छन् । यस दौरान यी तीन एक भारतीय रेडियो स्टेशनमा प्रचारका लागि पुगे । त्यहाँ अनन्यालाई सोधियो कि, टाइगरलाई किस गर्दा कस्तो लाग्यो ?

यो फिल्ममा अनन्या पाण्डे र टाइगर श्राफको अनस्क्रिन एक किसिङ दृश्य देखाइएको छ । यसका बारेमा कुरा गर्दै अनन्याले भनिन्, ‘यो मेरो पहिलो चुम्बन थियो, मैले यसअघि कसैलाई किस गरेकी थिइनँ, त्यसैले मैले तुलना गर्न मिल्दैन तर यो किस बेस्ट थियो ।’

यति मात्र होइन, अनन्याले टाइगरलाई ‘बेस्ट किसर’ पनि भनिन् । यही बारेमा टाइगरलाई सोधियो । उनले प्रश्न गरे, ‘म चुम्बनमा बेस्ट हुँ? म आफैलाई थाहा हुँदैन, कुन कुरामा म उत्कृष्ट छु ।’

करण जोहरको यो फिल्म १० मे मा रिलिज हुँदैछ । फिल्ममा क्याम्पसको कथा देखाइएको छ । फिल्ममा टाइगर श्राफलाई एक्सन र रोमान्स दुवै भूमिकामा देखाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : ०२ बजे

स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने

काठमाडौं- प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ भइरहेका छन् ।

उब्रेको दालबाट बनाउनुहोस् परौठा; खाजालाई उत्कृष्ट, मुखलाई स्वादिष्ट

काठमाडौं– खाना खाइसकेपछि धेरै उब्रिने खानेकुरा हो दाल । दाल

लिम्बुवानको थप दस्तावेज : याक्थुङ साप्मुन्धुम

अरुणपूर्व लिम्बुवानमा २३९ वर्षअघि सांस्कृतिक पर्व मनाउँदा शाह–शासकको नाममा कर

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली देशभर सक्रिय

ललितपुर– जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षमा ५९ हजार १२०