कंगनाको ट्वीटर ‘सस्पेण्ड’ « Khabarhub

कंगनाको ट्वीटर ‘सस्पेण्ड’


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार पश्चिम बंगालको विधानसभा चुनावको परिणाम सार्वजनिक भएपछि अभिनेत्रीले केही विवादित ट्वीट गरेकी थिइन् । यसलाई लिएर उनीविरुद्ध मुद्दा पनि दर्ता भएको छ ।

कोलकाता प्रहरीले कंगनाका विरुद्ध पश्चिम बंगालका मानिसहरुको भावनामाथि आहत पुर्याएको आरोप लगाएको छ । अधिवक्ता सुमीत चौधरीले इमेलमार्फत कोलकाता पुलिस कमिश्नर सौमेन मित्रालाई उजुरी पठाएका थिए ।

पश्चिम बंगालको चुनावपछि कंगनाले एउटा विवादास्पद ट्वीट गरेकी थिइन् ।

‘पश्चिम बंगालमा बंगलादेशी र रोहिंग्या बढी संख्यामा छन् । यसबाट प्रष्ट देखिन्छ कि हिन्दी त्यहाँ हिन्दु बहुमतमा छैनन् । तथ्यांक अनुसार बंगाली मुस्लिम निकै गरिब र बञ्चित छन् । राम्रो कुरा यो हो कि दोस्रो कश्मिर बन्न जाँदैछ’, उनले ट्वीटेकी थिइन् ।

चुनाव परिणामपछि भएको हिंसा पछि कंगनाले पश्चिम बंगालमा राष्ट्रपति शासन लगाउन माग गरेकी छन् ।

अभिनेत्रीले राज्यमा भएको हिंसालाई लिएर एक भिडियो पोस्ट गरेकी छन् । जसमा उनी रोएकी छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ३५ बजे

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

जानकी– अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौं– भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

खिलराज रेग्मीको सुझाव : निरङ्कुशतातिर जान नदिन संविधानको मूल मर्मलाई तलमाथि नगरौँ

काठमाडौं- पूर्वप्रधानन्यायाधीश तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन