श्रीमानको हत्या आरोपमा श्रीमतीसहित ४ जना पक्राउ « Khabarhub

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित ४ जना पक्राउ


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतककी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार हंसपुर नगरपालिका– ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो ।

सिरहाको अर्नामा गाउँपालिकाबाट २ जनाले देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेको कारण पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेको धनुषा प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना