नेपालमा फानीको प्रभाव– सगरमाथाको दोस्रो क्याम्पबाट २० वटा टेन्ट उडायो | Khabarhub Khabarhub

नेपालमा फानीको प्रभाव– सगरमाथाको दोस्रो क्याम्पबाट २० वटा टेन्ट उडायो


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हावाहुरीले सगरमाथा आरोहण दलका सदस्यका लागि राखिएको करीब २० वटा टेन्ट उडाएको छ ।

सरगरमाथा आरोहणका लागि बनाइएको दोस्रो क्याम्पमा रहेका करिब २० बटा टेन्ट नष्ट भएको एक्सपीडिसन एसोशिएसनका सचिव इश्वरी पौडेलले जानकारी दिए । उनले ७ हजार मिटरभन्दा माथि कालो बादलले छोपेको र हावाको गति पनि ८०–९० किमि प्रतिघन्टाको गतिमा चलेको बताए ।

बंगालको खाडीबाट चलेको चक्रवात फानीका कारण शुक्रवार नेपालमा पनि प्रभाव पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् विभूति पोखरेलले हिमाली क्षेत्रमा फानीले प्रभाव पार्ने बताइन् ।

‘हामीले धेरै अघिदेखि भरिहेका छौं । यसको प्रभाव कत्तिको पर्छ अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसैले सबै आआफ्नो रुपमा सचेत हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुनेछ ।’

समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने अनुमान गरिएको उनको भनाइ छ ।  यसको प्रभाव आज शुक्रबार र भोलि शनिबारसम्म हुने उनले बताइन् ।

यसैबीच पर्यटन विभागले पनि शुक्रबार सूचना जारी गरी पर्यटक र तीनका एजेन्सीहरुलाई सचेत गराएको छ।  ‘स्थानीय मौसमको ख्यालगरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्न’ भनेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ३ : ५८ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न